मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायल र हमासबिच फेरि युद्ध सुरु

शुक्रबार, १५ मङ्सिर २०८०, ११ : ५०
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । गाजा क्षेत्रमा फेरि हमास र इजरायलबिच युद्ध सुरु भएको छ । हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ ।

उत्तरी गाजा क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बीबीसीले जनाएको छ । गाजा सहरको उत्तर–पश्चिममा पनि गोलीको आवाज सुनिएको बताइएको छ ।

बिहीबार हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन थियो । त्यसपछि युद्धविराम सम्झौता अघि बढाइएको छैन । अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल हुन सकेन ।

युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको दाबी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप