मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

ओटिटिमा खगेन्द्रको ‘पानीफोटो’

शुक्रबार, १५ मङ्सिर २०८०, १५ : १०
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यू फिल्म ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रबार रिलिज यो फिल्म विश्वभरबाट हेर्न सकिन्छ ।

फिल्म गत वर्ष श्रावणमा सार्वजनिक प्रदर्शनमा आएको थियो । तर फिल्मले दर्शकको मन भने जित्न सकेन । अभिनेता खगेन्द्रले नै फिल्म लेखेका हुन् ।

फिल्ममा खगेन्द्रकै मुख्य भूमिका छ । खगेन्द्रको अलवा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरी अभिनय फिल्ममा देख्न सकिन्छ ।

टुकी आर्ट्स र मञ्जुश्री फिल्मस्ले निर्माण गरेको फिल्मका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।

डेढ दशक अगाडि गुरुकुलमा ‘पानीफोटो’ नामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले फिल्म बनाएका हुन् । फिल्ममा माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप