सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

शनिबार, १६ मङ्सिर २०८०, १५ : १२
शनिबार, १६ मङ्सिर २०८०

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यलाई नेपाली सेनाले सम्मान गरेको छ । उनलाई प्रधान सेनापति प्रशंसा निसानबाट सम्मान गरेको हो ।

पोखरामा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नगरप्रमुख आचार्यलाई प्रशंसा निसानले सम्मान गरे । नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियान अन्तरगत जैविक विविधता तथा पर्यावरण संरक्षणमा सहयोग गरेको भन्दै आचार्यलाई सम्मान गरिएको सेनाले जनाएको छ ।

जलवायु परिवर्तनको असरका कारण हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जनजीवन प्रभावित भएको, हिउँ पग्लिएर हिमालहरू काला पत्थरमा परिणत हुँदै गएको र समग्र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर परेको प्रति सचेत रहँदै नेपाली सेनाले लामो समयदेखि हिमाल सफाइ अभियान सञ्चालन गरिरहेको छ । 

हिमाल आरोहणका क्रममा जाने आरोहीहरूले गरेको प्रदूषणका कारण हिमालय क्षेत्रमा कयौँ टन फोहोर थुप्रिएकाले त्यसको सफाइका लागि बर्सेनि नेपाली सेनाले टोली खटाउँछ । केही समयअघि अन्नपूर्ण सफाइका लागि मेयर आचार्यले सहयोग गरेका थिए ।पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा साथ दिएको उनले बताए । टु सेभ द हिमालयज भन्ने नाराका साथ सञ्चालित अभियानका क्रममा सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर सङ्कलन गरिएको गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप