पोखराका मेयर आचार्यलाई सेनाको सम्मान
पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यलाई नेपाली सेनाले सम्मान गरेको छ । उनलाई प्रधान सेनापति प्रशंसा निसानबाट सम्मान गरेको हो ।
पोखरामा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नगरप्रमुख आचार्यलाई प्रशंसा निसानले सम्मान गरे । नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियान अन्तरगत जैविक विविधता तथा पर्यावरण संरक्षणमा सहयोग गरेको भन्दै आचार्यलाई सम्मान गरिएको सेनाले जनाएको छ ।
जलवायु परिवर्तनको असरका कारण हिमालय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जनजीवन प्रभावित भएको, हिउँ पग्लिएर हिमालहरू काला पत्थरमा परिणत हुँदै गएको र समग्र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर परेको प्रति सचेत रहँदै नेपाली सेनाले लामो समयदेखि हिमाल सफाइ अभियान सञ्चालन गरिरहेको छ ।
हिमाल आरोहणका क्रममा जाने आरोहीहरूले गरेको प्रदूषणका कारण हिमालय क्षेत्रमा कयौँ टन फोहोर थुप्रिएकाले त्यसको सफाइका लागि बर्सेनि नेपाली सेनाले टोली खटाउँछ । केही समयअघि अन्नपूर्ण सफाइका लागि मेयर आचार्यले सहयोग गरेका थिए ।पोखराको पहिचानसँग जोडिएका हिमालको सफाइ अभियानमा साथ दिएको उनले बताए । टु सेभ द हिमालयज भन्ने नाराका साथ सञ्चालित अभियानका क्रममा सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट करिब ३५ टन फोहोर सङ्कलन गरिएको गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण