बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल युक्रेन व्यापार : आयात साढे ६ अर्बको, निर्यात शून्य

शनिबार, १६ मङ्सिर २०८०, १६ : ५०
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । छिमेकी रुससँग युद्धमा होमिएको युरोपियन मुलुक युक्रेनसँग नेपालले ६ अर्ब ४१ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा युक्रेनसँगको व्यापारमा नेपालले उक्त घाटा बेहोरेको हो ।

यस अवधिमा नेपालतर्फ युक्रेनबाट ६अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकि, नेपालबाट युक्रेनतर्फ एक रुपैयाँको पनि निर्यात भएको छैन । युक्रेनबाट नेपालमा मुख्य गरी वनस्पति तेल आयात हुने गरेको छ ।

चार महिनाको अवधिमा नेपालतर्फ युक्रेनबाट १ अर्ब ७३ करोड रुपैयाँ बराबरको तोरीको बिउ आयात भएको छ । यस अवधिमा नेपालतर्फ २ करोड २८ लाख किलोग्राम तोरीको बिउ आयात भएको हो ।

यस्तै, यस अवधिमा ४ करोड ८४ लाख रुपैयाँको कच्चा सोयाबिन तेल आयात हुँदा ४ अर्ब ६१ करोड रुपैयाँभन्दा धेरेको कच्चा सूर्यमुखी तेल आयात भएको छ । यसबाहेक, १ करोड ३९ लाख रुपैयाँको सूर्यमुखीको बिउ आयात भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप