नेपाल युक्रेन व्यापार : आयात साढे ६ अर्बको, निर्यात शून्य
काठमाडौँ । छिमेकी रुससँग युद्धमा होमिएको युरोपियन मुलुक युक्रेनसँग नेपालले ६ अर्ब ४१ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा युक्रेनसँगको व्यापारमा नेपालले उक्त घाटा बेहोरेको हो ।
यस अवधिमा नेपालतर्फ युक्रेनबाट ६अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जबकि, नेपालबाट युक्रेनतर्फ एक रुपैयाँको पनि निर्यात भएको छैन । युक्रेनबाट नेपालमा मुख्य गरी वनस्पति तेल आयात हुने गरेको छ ।
चार महिनाको अवधिमा नेपालतर्फ युक्रेनबाट १ अर्ब ७३ करोड रुपैयाँ बराबरको तोरीको बिउ आयात भएको छ । यस अवधिमा नेपालतर्फ २ करोड २८ लाख किलोग्राम तोरीको बिउ आयात भएको हो ।
यस्तै, यस अवधिमा ४ करोड ८४ लाख रुपैयाँको कच्चा सोयाबिन तेल आयात हुँदा ४ अर्ब ६१ करोड रुपैयाँभन्दा धेरेको कच्चा सूर्यमुखी तेल आयात भएको छ । यसबाहेक, १ करोड ३९ लाख रुपैयाँको सूर्यमुखीको बिउ आयात भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण