बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन् । बुटवलमा आजदेखि सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।
निकै छोटो बोलेका देउवाले भने, ‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, उनले भने ।
धेरै नेताहरूले भाषण गरेको र देउवा साढे ५ बजे काठमाडौँ फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरूलाई पटक-पटक छोटो बोल्न भनेका थिए ।
देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए। देउवा हिँडेपछि अरू नेताले आफ्नो धारणा जारी राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण