बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन् । बुटवलमा आजदेखि सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।
निकै छोटो बोलेका देउवाले भने, ‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, उनले भने ।
धेरै नेताहरूले भाषण गरेको र देउवा साढे ५ बजे काठमाडौँ फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरूलाई पटक-पटक छोटो बोल्न भनेका थिए ।
देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए। देउवा हिँडेपछि अरू नेताले आफ्नो धारणा जारी राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीलाई शान्ति चाहिएको हो, आत्मसमर्पण होइनः युक्रेन
-
त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका उम्मेदवार भुसाल कालोपट्टि बाँधेर धर्नामा
-
सुकुम्बासीलगायतका समस्यामा समाधानका लागि योजना बनाई कार्यान्वयनमा ल्याउन निर्देशन
-
धार्मिक हिंसाको टिप्पणीमा बंगलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
-
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अखिलबिच कुटाकुट
-
हमासकाे कब्जामा रहेकाहरूको ‘हत्या रोक्न’ इजरायली प्रधानमन्त्रीसमक्ष परिवारकाे आग्रह