साइकल चढेर ३५ सय किलोमिटरको धार्मिक यात्रा
रौतहट । रौतहटको कटहरिया नगरपालिकाका बैधनाथ प्रसाद जयसवाल ३५ सय किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।
पछिल्लो समय गरुडा बस्दै आएका ५० वर्षीय जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको सङ्कल्प सहित धार्मिक यात्रामा निस्किएका हुन्।
साइकल यात्री जैसवाललाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै टीका तथा फुलमाला लगाई गेरु वस्त्र सँगै नगद ११ हजार ५१ रुपैयाँ दिएर बिदा गरेकी थिइन्।
त्यस्तै साइकल यात्री जैसवाललाई गरुडा स्थित सुन चाँदी व्यवसायी सङ्घका प्रदेश अध्यक्ष रामजी साह, कांग्रेस नेता रामाभरोसी यादव, समाजबादी नेता ब्रिजकिशोर यादव लगायतकाले सम्मान सहित बिदाइ गरेका थिए। साइकल बाट हुने धार्मिक यात्राले मानव मानवबिच सद्भाव बढेर साम्प्रदायिक विभेद अन्त्य गर्न सहयोग पुग्ने यात्री जैसवालले विश्वास लिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण