एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्ने
सोमबार, १८ मङ्सिर २०८०, १४ : २५

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सोमबार दिउँसो चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न अपराह्न चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरे पनि तयारी अभावका कारण सार्ने तयारी गरेको छ ।
बैठकले महाधिवेशनका लागि अर्को मिति तोक्ने तयारी गरेको छ । साथै बैठकमा अन्तरपार्टी निर्देशन (अपानि–११) कार्यान्वयनबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।यसअघि जारी भएको अपानि फिर्ता गर्ने अघिल्लो सचिवालय बैठकले गरे पनि फिर्ताका लागि पत्राचार नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ
-
स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल