एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्ने
सोमबार, १८ मङ्सिर २०८०, १४ : २५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सोमबार दिउँसो चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न अपराह्न चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरे पनि तयारी अभावका कारण सार्ने तयारी गरेको छ ।
बैठकले महाधिवेशनका लागि अर्को मिति तोक्ने तयारी गरेको छ । साथै बैठकमा अन्तरपार्टी निर्देशन (अपानि–११) कार्यान्वयनबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।यसअघि जारी भएको अपानि फिर्ता गर्ने अघिल्लो सचिवालय बैठकले गरे पनि फिर्ताका लागि पत्राचार नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण