एमालेको सरकार हुँदा अन्तरिक्षमा स्याटेलाइट राख्ने ठाउँ बनाएका थियौँ : ओली
सुर्खेत। नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले गठबन्धनले जनतालाई अलमल्याउने काम गरेको बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत वीरेन्द्रनगरमा गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् ।
आफूले सरकार सञ्चालन गरेको बेलामा समृद्धिको यात्रा चलाएको, विकासको लहर चलाएको उनको दाबी छ।
‘हामीले हाम्रो सरकार हुँदा अन्तरिक्षमा सेटेलाइट राख्ने ठाउँ बनाएका थियौँ’ उनले भने- ‘हामीले बनाएका बाटाहरू कस्ता छन्, कृषिको आधुनिकीकरण, औद्योगिक करिडोरका कुराहरू हेरे पुग्छ ।’
यो देशको गरिबी अन्त्यका लागि एमाले अग्रसर हुनै पर्ने उनको भनाइ थियो । सुखी नेपाली समृद्ध नेपालको नारालाई पुरा गर्नका लागि मिसन ०८४ को अभियान थालिएको पनि उनले उल्लेख गरे । त्यसका लागि एमालेले बहुमत ल्याउनुपर्छ।
‘एमालेले बहुमत नल्याए देश बर्बाद हुन्छ,’ उनले भने, ‘एमालेका साथीहरूले सोही उद्देश्यअनुसार काम गर्नुहोस् ।’ कसैलाई अल्छी लाग्ने बानी भए पनि ०८४ सम्म त्यो बानी हटाइ सक्रिय भए काम गर्न आग्रह समेत गरे ।
एमालेलाई कमजोर बनाउनका लागि एमाले विरोधीले षड्यन्त्र गरे पनि एमाले लोकप्रिय पार्टी रहेको बताउँदै उनले एमाले सिध्याउने खेलमा लागेकाहरू अहिले आफैँ सकिएको पनि उनले बताए ।
अहिलेको सरकारसँग कुनै नीति, विधि नभएको उनको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण