वर्तमान सरकार एक वर्षमै थोत्रो भयो : ओली
सोमबार, १८ मङ्सिर २०८०, १७ : ५१
सुर्खेत। नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले वर्तमान गठबन्धन सरकार थोत्रो भएको दाबी गरेका छन् ।
समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत वीरेन्द्रनगरमा गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् । ‘यो सरकार एक वर्षमै थोत्रो भइसक्यो, कुनै नीति, विधि छैन,’ ओलीले भने, ‘राष्ट्रियता कमजोर बन्दै गएको छ । राष्ट्रिय हितमा सरकार अड्न सकिरहेको छैन ।’
देशमा भ्रष्ट्राचार, तस्करीको जालो बढेको पनि ओलीको भनाइ छ । इतिहासमा कहिल्यै नभएका घटना अहिले भएको पनि उनको दाबी छ ।
देश बनाउने चिन्तामा गठबन्धनका पार्टीहरूको ध्यान नभएको र एमाले नयाँ विचार, नयाँ उद्देश्यका साथ अगाडि बढिरहेको उनले बताए । साथै ओलीले देशको राजनीति बिग्रिँदै गएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण