नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज प्रतिस्पर्धा
मङ्गलबार, १९ मङ्सिर २०८०, ०६ : ३७

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसहभि हिजो भएको खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको थियो ।
खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेता दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल गोलरहित बराबरीमा टुङ्गियो । यस बराबरी खेलसँगै काठमाडौँले तीन खेलमा ५ अङ्क जोडेको छ । काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको थियो भने दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।
त्यस्तै, समान तीन खेल खेलेको झापाले २ अङ्क जोडेको छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने