जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजदेखि सुरु
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सुरु हुँदैछ । रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आजदेखि सुरु हुन लागेको तीनदिवसीय प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुलाई प्रशिक्षकको रुपमा राखिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, कार्यकारिणी सदस्य एवम् लुम्बिनी प्रदेश समिति इन्चार्ज राजकिशोर यादव, विज्ञ परिषद्का प्रमुख डा. पुष्पराज राजकर्णिकार, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, संघीयताका जानकार कृष्ण हाछेथुलगायतले प्रशिक्षण दिने तय भएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रनिनिधि गरी १२५ जना प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
-
हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण