बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
सङ्गीत रोयल्टी

रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा

बुधबार, १७ असार २०८३, २० : ४५
बुधबार, १७ असार २०८३

काठमाडौँ । सङ्गीत रोयल्टी समाज नेपालले रोयल्टी नतिर्ने देशभरका १०३ वटा संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । पटक–पटक पत्राचार गर्दा पनि रोयल्टी तिर्न आनाकानी गर्दै आएका ती संस्थालाई समाजले कारबाहीका लागि सिफारिससहित जाहेरी दिएको हो ।

स्रष्टा–सर्जकको बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३ ले संरक्षण गरेको छ । सोही ऐनको, २०५९ को दफा २५ को (क) बमोजिम संरक्षित बौद्धिक सम्पत्तिको अनुमतिबिना प्रयोग गर्न पाइने छैन भन्ने उल्लेख छ । सोही अनुसार कारबाहीका लागि सिफारिस गरिएको हो ।

dafa 3

 

dafa25कारबाहीका लागि सिफारिस गरिएका संस्थामा विभिन्न एफएम रेडियो, सञ्चार संस्था, पार्टी प्यालेस, क्याफे, रोदीघर, फिटनेश क्लब, डान्स क्लब, होटल, बर्गर हाउसलगायत छन् ।

समाजले जिल्ला प्रहरी परिसर झापामा ८ संस्था, जिल्ला प्रहरी कार्यालय मोरङमा ७ संस्था, जिल्ला प्रहरी कार्यालय तनहुँमा ७ संस्था, प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँमा १४ संस्था, प्रहरी वृत्त बौद्धमा ९ संस्था, प्रहरी वृत्त गौशालामा १२ संस्था, प्रहरी वृत्त बानेश्वरमा १६ संस्था, प्रहरी वृत्त कालिमाटीमा १२ संस्था, प्रहरी वृत्त लैनचौरमा १० संस्था, प्रहरी वृत्त दरबारमार्गमा ८ संस्थाविरुद्ध कारबाहीको सिफारिस गरेको समाजकी कानुन अधिकृत सपना घर्ती मगरले जानकारी दिइन् ।

‘ती संस्थालाई अनुमति लिएरमात्रै गीत–सङ्गीत प्रयोग गर्न पटक–पटक पत्र काट्दा पनि बेवास्ता गरेकाले हामीले कानुनी बाटो अपनाएका छौँ,’ कानुन अधिकृत घर्ती मगरले भनिन्, ‘फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।’

faujadari

 

faujdari 2घर्ती मगरका अनुसार प्रहरीले ती संस्थालाई पहिलो चरणमा छलफलका लागि बोलाउने छ । छलफलमा सहमति नभए अदालतमा मुद्दा अगाडि बढाउनेछ ।

तीन संस्थाविरुद्ध अदालतमा मुद्दा

प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने तीन संस्थाविरुद्ध अहिले भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले तीन वटा संस्थाविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको हो ।

नेपाल अरनिको यातायात प्रा.लि, भक्तपुर एफएम, ग्रेस एफएम भक्तपुर विरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घन गरी स्रष्टा–सर्जकको बौद्धिक सम्पत्ति प्रयोग गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । हाल उक्त मुद्दा अदालतमा विचाराधीन छ ।

के हो रोयल्टी ?

रोयल्टी भनेको बौद्धिक सम्पत्ति हो । बौद्धिक सम्पत्तिको मूल्यलाई रोयल्टी भनिन्छ । गीत–सङ्गीत बौद्धिक सम्पत्तिमा पर्छन् । गीत–सङ्गीतको मालिक रचयिता स्रष्टालाई तिर्ने कृतिश्वलाई रोयल्टी भनिन्छ, जो बौद्धिक सम्पत्तिका सार्वजनिक प्रयोगकर्ताले प्रयोग गरेपिच्छे तिर्नुपर्ने हुन्छ । रोयल्टी नतिरी गीत–सङ्गीत (बौद्धिक सम्पत्ति) को प्रयोग गर्नु कानुनी अपराध हो । जसको लागि प्रतिलिपि अधिकार ऐन,२०५९ मा दण्ड सजायको व्यवस्था समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप