एमालेको मध्य पहाडी संकल्पयात्रा : मङ्सिर २१ गते पोखरा आइपुग्ने

पोखरा । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग संकल्पयात्रामा रहेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ । टोली आठौँ दिन पोखरा आइपुग्ने र शुक्रवार पोखराबाट बिदा हुनेछ । २१ गते पोखरामा रहँदा ठाउँ ठाउँमा जनभेटघाट हुनेछ ।
२१ गते पर्वतको सिमाना नयाँ पुलमा कास्कीको टोलीले स्वागत गर्नेछ । सोही दिन अन्नपूर्णा गाउँपालिका हुँदै हेमजाबाट पोखरा आएर बस्नेछ । भोलिपल्ट जिरो किलोमिटरबाट निस्केर अमरसिंहचोकबाट तालचोक हुँदै रूपाबाट लमजुङ छिर्नेछ । पोखरामा जनसभा भने हुने छैन । कुस्मामा हुने सभामा कास्कीबाट टोली सहभागी हुनेछ ।
ओलीले हेमजामा सम्बोधन गर्नेछन् भने भोलिपल्ट तालचोकमा सम्बोधन गर्ने कार्यक्रम छ । कृषि वैज्ञानिक, सामाजिक अभियन्तासँग यहाँका समस्याबारे छलफल हुनेछ । ओली बस्ने होटेलमा अन्तरसम्वाद हुनेछ ।
यही समयमा पोखरामा लोकमार्ग निर्माणमा देखिएको विवादबारे छलफल गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए । लोकमार्गको याम्दी पुलदेखि भैँसेसम्मको बाटो छिचोलिएको छैन । तर टेण्डर भएको छ । भैंसेबाट लमजुङसम्म पनि निर्माण सकिएको छैन । त्यसैले ओली पोखराबाट एकैपटक लमजुङ पुगेर लोकमार्ग भेट्नेछन् ।
'समस्या कतै छैन, कास्कीमा अलिअलि समस्या हो । यसलाई हामीले नै जटिल बनाएको हो,' उनले भने, 'विकासको नाममा राज्यले कसैलाई सुकुम्वासी बनाउँदैन । एलाइमेण्ट भइसकेर टेन्डरमा गइसकेको छ । यस्तोमा नयाँ विकल्प खोज्न मिल्दैन ।'
लोकमार्गलाई सहरसँग जोड्नुपर्ने भएकोले पोखरा झरेको उनले बताए । ओलीले विवादित क्षेत्रका सङ्घर्ष समितिसँग छलफल गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन