माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तयारी, के के छन् एजेन्डा ?
काठमाडौँ । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाउने तयारी गरेको छ । नेपाल समाजवादी पार्टीसँग एकता, विधान सम्मेलन, रूपान्तरण अभियान, पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बोलाउने तयारी भएको हो ।
गत साउनको तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समिति बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर यसबिचमा दसैँ, तिहार लगायत चाडपर्व परेकाले अभियान एक महिना थपेर पुस १६ सम्म बनाइएको थियो । अभियानको मिति थपिएसँगै मंसिरमा विधान सम्मेलन नहुने भएको छ ।
यस्तै बाबुराम नेतृत्वको पार्टी नेसपासँग एकताका लागि एकता समायोजन समिति गठन गर्ने बैठकको एजेन्डा छ । बैठकमा तीन महिनामा भएको कार्यप्रगतिबारे संक्षिप्त छलफल हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । छठ लगत्तै बैठक बस्ने तयारी गरे पनि अध्यक्ष प्रचण्डको कार्य व्यस्तता, अन्य पदाधिकारी बाहिर रहेकाले मंसिर २२ पछि बस्ने तयारी रहेको शर्माले जानकारी दिए ।
‘एकता समायोजन समिति, विधान सम्मेलन, हालसम्म भएका अभियानका प्रगतिबारे संक्षिप्त समीक्षा लगायत विषयमा छलफल हुनेछ’, बैठक बस्नेबारे जानकारी दिँदै उनले भने, ‘अध्यक्षज्यूको कार्य व्यस्तता, महासचिव लगायत अन्य पदाधिकारी बाहिर जिल्लामा भएकाले बैठक बस्न सकिएको छैन । मंसिर २२ पछि बैठक बस्ने तयारी छ ।’
धेरैजसो पदाधिकारी अभियानको क्रममा जिल्ला जिल्लामा खटिएका छन् । महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा कर्णालीको भूकम्प प्रभावित क्षेत्रमा गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण