अहिले सरकार फेरबदलबारे छलफल भएको छैन : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदल छलफलको विषय नबनेको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा कुनै छलफल नभएको बताए ।
सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको शर्माले बताए ।सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने उनले बताए ।
आसन्न मङ्सिर १६–१९ मा काठमाडौँमा हुन लागेको पार्टीको महासमिति बैठक नयाँ रणनीति बनाउने उनको भनाइ छ । पार्टीको १४ औँ महाधिवेशनबाट नेतृत्व चयन भए पनि नीतिमाथि मन्थन भएको भन्दै नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा शर्माले बताए ।
उनले कांग्रेस कार्यकर्तालाई मिसन ८४ का लागि चिन्ता नलिई २०८१–८३ सालसम्म देशलाई सही मार्गमा लैजान चिन्ता गर्नुपर्ने बताए । ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण