बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अहिले सरकार फेरबदलबारे छलफल भएको छैन : महामन्त्री शर्मा

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ४६
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदल छलफलको विषय नबनेको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा कुनै छलफल नभएको बताए ।

सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको शर्माले बताए ।सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने उनले बताए ।

आसन्न मङ्सिर १६–१९ मा काठमाडौँमा हुन लागेको पार्टीको महासमिति बैठक नयाँ रणनीति बनाउने उनको भनाइ छ । पार्टीको १४ औँ महाधिवेशनबाट नेतृत्व चयन भए पनि नीतिमाथि मन्थन भएको भन्दै नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा शर्माले बताए ।

उनले कांग्रेस कार्यकर्तालाई मिसन ८४ का लागि चिन्ता नलिई  २०८१–८३ सालसम्म देशलाई सही मार्गमा लैजान चिन्ता गर्नुपर्ने बताए । ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप