बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा अब निजी गाडी भाडामा लगाउन नपाइने

मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : ५१
मङ्गलबार, १९ मङ्सिर २०८०

पोखरा । पोखरामा अबदेखि निजी गाडी भाडामा लगाउन नपाइने भएको छ । लेकसाइड र अन्य क्षेत्रमा व्यक्तिहरुले निजी गाडीलाई भाडामा राख्ने गरेका थिए । 

विभिन्न पसलहरुमा निजी गाडी, मोटरसाइकल र स्कुटर भाडामा राखेको सूचना बोर्ड प्रहरीले हटाइदिएको छ ।

वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाको टोलीले ४५ भन्दा बढी पसलबाट बोर्ड हटाएर निजी सवारी साधन भाडामा नलगाउन सचेत गराइएको हो । 

‘बाइक अन रेण्ट’ लेखिएका ५५ वटा बोर्ड हटाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर भुवन बरामले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप