‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
काठमाडौँ । अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मितितय नभएको फिल्मको फस्टलुकमा अभिनेत्री पूजा शर्मालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
फस्टलुकमा पूजाले मेसिनगन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता जगाउन सक्छ ।
रुपेश तामाङको निर्देशन रहेको फिल्मका निर्माता देव मगर, अनुप गडाल हुन् । पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् ।
यो फिल्मको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । फिल्मको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण