१५औँ संस्करणको डि–सिने अवार्ड सुरु
काठमाडौँ । १५आंै संस्करणको डि–सिने अवार्ड सुरु भएको छ । आयोजक छायाँछवि क्रियसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो ।
‘हाम्रै कला, हाम्रै संस्कृति, हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने नारासहित विगत १५ वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्ड नेपालमा हुने अवार्ड मध्य पुरानो र फरक रहेको आयोजकको दाबी छ ।
अवार्डको यो संस्करणमा २०७९ सालमा रिलिज भएका फिल्महरुले मात्र सहभागी जनाउन सक्नेछन् । आगामी १५ पुससम्म आवेदनको लागि समय तोकिएको छ ।
डिजिटल फिल्म, त्यसका फिल्मकर्मी, स्रष्टा, सर्जक र प्राविधिकलाई प्रोत्साहित गरी गुणस्तरयूक्त फिल्म निर्माणमा अग्रसर गराउने हेतुले अवार्ड नियमित आयोजना हुँदै आएको आयोजक छायाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए ।
अवार्ड आगामी माघमा आयोजना हुने आयोजना हुनेछ । विभिन्न सांगीतिक तामझापका साथ आयोजना हुने अवार्डमा फिल्मकर्मी तथा रंगपत्रकार समेत सम्मानित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण