मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको प्रश्न : स्वयंसेवकले ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?

मङ्गलबार, १९ मङ्सिर २०८०, १९ : ०५
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरुले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताएका छन् ।  

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले यस्तो बताएका हुन् । उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे । उनले आफूहरुले यो संख्यालाई २ हजार पु¥याउने ढंगले अघि बढिरहेको बताए ।

देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप