मित्रमिलन सहकारी ठगी : बचतकर्तालाई उजुरी दिन प्रहरीको आह्वान
पोखरा । आर्थिक अपचलनको आरोप लागेको पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई कास्की प्रहरीले आह्वान गरेको छ । मंगलबार सूचना जारी गरी उजुरी दिन बाँकी रहेका बचतकर्तासँग निवेदन मागेको हो । मङ्सिर २७ गतेसम्म जाहेरी दरखास्त दिन प्रहरीको आग्रह छ ।
सञ्चालक समितिले बचतकर्ताको रकम हिनामिना गरेर समयमा फिर्ता नदिएपछि केही बचतकर्ताले उजुरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
अनुसन्धानका लागि पोखरा २१ का अध्यक्ष दीपक सुवेदी सहित ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । यस्तै, सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा सदस्य तथा ताण्डव न्युजका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायत विरुद्ध पुर्जी जारी भएको हो ।
अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । पुर्जी जारी भएकाको खोजी भइरहेको कास्की प्रहरीका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सहकारीको २७ करोड हाराहारी हिनामिनाको आरोप सञ्चालकहरूलाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण