आजियाटाका* प्रमुख कार्यकारी अधिकृतलाई पत्र काट्नुपर्छ : सांसद वाग्ले
बुधबार, २० मङ्सिर २०८०, १२ : १२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजियाटाका प्रमुख कार्यकारी अधिकृत जब्बोर कायुमोभलाई पत्र काट्नुपर्ने बताएका छन् । बुधवार बसेको अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले आजियाटाका कार्यकारी अधिकृत कायुमोभलाई पत्र काटेर समितिमा बोलाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘आजियाटाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख गिराएको छ । नेपालमा लगानीको वातावरण छैन भनेको छ ।’ यसबाट लगानी सम्मेलनको पूर्व सन्ध्यामा नेपालमा लगानीको वातावरण नरहेको सन्देश जाने वाग्लेको भनाइ छ ।
आजियाटाले लगानी फिर्ता लैजानु नौलो नभए पनि लगानीको वातावरण छैन भन्नू गलत भएको उनको भनाइ छ । सोही कारण प्रमुख कार्यकारी अधिकृत कायुमोभलाई समितिमै बोलाउनुपर्ने उनले बताए ।
*यसअघि समाचारमा आजियाटा हुनुपर्नेमा अन्यथा उल्लेख भएकाले भुलसुधार गरिएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण