विद्युतीय सवारी साधनको कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव
ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी साधनको बिक्रीमा कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव गरेको छ ।
ब्रेक्जिटपछिको १० प्रतिशत कर वृद्धिका कारण उत्पन्न हुने ठूलो लागतबारे इयू अटोमोटिभ उद्योगले चिन्ता व्यक्त गरेपछि युरोपेली आयोगले अब डिसेम्बर ३१, २०२६ सम्म का लागि एकपटकका लागि म्याद थप गर्न चाहेको बताएको छ ।
आयोगको विस्तार प्रस्तावलाई ईयूका सदस्य राष्ट्रहरूले औपचारिक रूपमा अनुमोदन गर्नुपर्ने छ । युरोपेली सङ्घकाका नेताहरूको अर्को साता ब्रसेल्समा नियमित शिखर सम्मेलन हुने भएको छ ।
उद्योगको आग्रह, बेलायत सरकारको अनुरोध र ईयूका सांसदहरूको व्यावहारिकताको मागका बावजुद आयोगले सुरुमा यस्तो म्याद थपको कडा विरोध गरेको थियो ।
यसको विस्तार प्रस्तावमा डिसेम्बर २०२६ को मिति पछि करवृद्धि रोक्न कानुनी रूपमा असम्भव बनाउने योजना उल्लेख गरिएको छ ।
आयोगका उपाध्यक्ष मारोस सेफ्कोभिकले भने, “आजको निर्णयको अर्थ हामीले सन् २०२४ देखि २०२६ को अन्त्यसम्म लागू हुने गरी केही कडा नियमको मध्यवर्ती चरणलाई त्यागेका छौं । यसले सन् २०२४, १ जनवरीमा बेलायतमा ईयू बिद्युतीय वाहनहरूको निर्यातमा करवृद्धिको खतरा हटाउँछ ।
सन् २०२० मा ब्रेक्जिटपछिको व्यापार र सम्बन्धलाई नियमन गर्ने ईयू–बेलायत सम्झौतामा हस्ताक्षर हुँदा ‘परिस्थितिले नसोचेको अवस्था’ का कारण अडानमा परिवर्तन आवश्यक भएको सेफ्कोभिकले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण