विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
बिहीबार, २१ मङ्सिर २०८०, ११ : १४
विराटनगर । विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो भने १ जनाको आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको पुष्टि भएको हो ।
काठमाडौँमा मृत्यु हुनेमा विराटनगर ६ की सुनिता कामत रहेकी छिन् । उनको उपचारको क्रममा राती मृत्यु भएको हो । विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी हिँजो विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको मृत्यु भएको थियो ।
मण्डलको न्युरो अस्पतालमा र पासवानको घटनास्थलमै जलेर मृत्यु भएको हो । उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण