एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी
काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै चौधरीले यस्तो बताएका हुन् ।
उनले देशमा एनसेल खरिद–बिक्री प्रकरणबारे चर्को बहस भइरहेका बेला ट्वीटरमा लेखे, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् ।’ यस्तै, सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एमएसएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसेन्स पाउन नसकेको उनले बताएका छन् ।
‘सस्तोमा टेलिकम सेवा दिने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ,’ उनले थपे, ‘हेर्दै जाऔँ । अरू केके देख्न पाइन्छ ।’ यस्तै, एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेकिलमलाई रोक्नेहरू नै संलग्न रहेको उनले बताएका छन् ।
चौधरीले थपे, ‘देशमा अहिले त कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण