शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी

बिहीबार, २१ मङ्सिर २०८०, १२ : ३७
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै चौधरीले यस्तो बताएका हुन् ।

उनले देशमा एनसेल खरिद–बिक्री प्रकरणबारे चर्को बहस भइरहेका बेला ट्वीटरमा लेखे, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् ।’ यस्तै, सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एमएसएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसेन्स पाउन नसकेको उनले बताएका छन् ।

‘सस्तोमा टेलिकम सेवा दिने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ,’ उनले थपे, ‘हेर्दै जाऔँ । अरू केके देख्न पाइन्छ ।’ यस्तै, एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेकिलमलाई रोक्नेहरू नै संलग्न रहेको उनले बताएका छन् ।

चौधरीले थपे, ‘देशमा अहिले त कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।’

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप