फिल्म ‘११:५५’ निर्माण हुने, मुख्य भूमिकामा महेश र सृष्टि
काठमाडौँ । फिल्म ‘११:५५’ घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच घोषणा भएको फिल्ममा केशव पाण्डेको कथा र निर्देशन रहनेछ ।
महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको अभिनय रहने फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको पटकथा लेखन छ । क्राइम, थ्रिलर विधामा फिल्म निर्माण हुने लागेको हो ।
विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सहनिर्माता रहेका छन् ।
फिल्मको आफू राम्रो दर्शक भएकोले फिल्म राम्रो बनाउन निर्देशनमा होमिन लागेको पाण्डेले बताए ।
‘म राम्रो दर्शक हुँ । विगत एक दशक देखिको फिल्म सम्बन्धी अनुभवलाई सङ्गालेर कथा तयार गरेको हुँ’, निर्देशक पाण्डेले भने, ‘यो फिल्मको कथा नै स्टार हो । यहाँ कलाकार भन्दा पनि पात्र हामी हुनेछन् ।’
कार्यक्रममा अभिनेत्री सृष्टि श्रेष्ठले कथाले नै आफूलाई आकर्षित गरेको बताइन् । ‘मैले कथा पढेपछि अगाडि के होला ? भनेर जिज्ञासु बन्थे । यो फिल्ममार्फत हामी पात्रको रूपमा चिनिने छौँ । यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म बन्नेछ’, अभिनेत्री श्रेष्ठले भनिन् ।
अभिनेता त्रिपाठीले आफूले नयाँ भूमिका प्राप्त गरेको बताए । ‘मैले अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नपाएको भूमिका फिल्ममा छ ’, उनले भने ।
प्रद्युमन मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मको प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन् ।
फिल्म ‘११ः ५५’ मा ६ जनाको कथा देखाइनेछ । शनिवारबाट छायाङ्कन सुरु हुने फिल्मले ३५ दिनको सेड्युल तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण