शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा सरकार छ, काम लाग्ने छैन: ओली

बिहीबार, २१ मङ्सिर २०८०, १७ : १२
बिहीबार, २१ मङ्सिर २०८०

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन् । एमालेको सङ्कल्प यात्राका क्रममा पर्वतको जनसभालाई सम्बोधन गर्दै उनले सरकार काम बिगार्ने खालको भएको बताए । 

`देशमा एउटा सरकार त छ । सरकार छ तर काम लाग्ने छैन । काम बिगार्ने छ,´ उनी भन्छन्, `उत्तरबाट बाटो खोल्यौ । प्रयोग गर्ने आँट गर्दैन । हामी नक्सा छाप्यौँ। कार्यान्वयन गर्न सक्दैन ।´ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश जाने बाटो दिए लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन दिने सहमति गरेको गम्भीर आरोप ओलीले लगाए ।

`बङ्गलादेश जाने बाटो दिए जमिन छोड्छौँ भन्छन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रो हो । बङ्गलादेश जाने बाटो पाइसकेका छौँ´ उनले थपे, `बंगलादेश जाने बाटो पाए कालापानी, लिम्पियाधुरा सम्झौता गरेर छोड्दिन सक्छौं भन्ने हिम्मत कहाँबाट आयो ?  त्यो अधिकार कसले दियो ?´ सरकारले सहयोग लिने आँट नगरेको ओलीको भनाई छ । `एउटासँग लिन्छ । अर्कोले दिन्छु भन्छ, सहयोग लिन आँट गर्न सक्दैन,´ उनी भन्छन्, `रकम दिन्छु भन्छ, ५७ अर्ब दिन्छु भनेको छ । चीन जाँदा व्यापारिक कम्पनीसँग घुमेर आए । सरकारबाट छुट्टी लिएर व्यापारिक कम्पनीसँग मिलेर बसे । त्यसपछि ३५ क्विन्टल सुन नेपाल आयो । त्यसपछि एक क्विन्टल आयो ।´

भुकम्पपीडितको पक्षमा सरकारले काम गर्न नसकेको आरोप उनको छ । `सरकार किन चाहियो ? जाजरकोट र रुकुम पश्चिममा जनताका पिडा हेर्न सक्दैन, सुन्दैन । अस्थायी आवास बनाएको, दिएको छैन,´ उनी भन्छन्, `हामीले खटाएका स्वयंसेवकले ८२३ घर बनाइदिँदा सरकार पैसा जम्मा गरेर बसेको छ । काम तपाईँहरू गर्नुस्, रकम सरकारले दिन्छ भन्न पनि सक्दैन । हामीले ५०२ वटा घरबाट भग्नावशेष झिकिदिएका छौँ ।´

उनले नेपाल असफल राष्ट्र घोषित हुन लागेको बताए । `नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन । यो देशमा नेकपा एमाले छ, यस्ता चिज हुन दिनु हुँदैन,´ अघि भन्छन्, `अहिले प्रतिगामी शक्ति छटपट गर्न थालेको देखियो । राजतन्त्रको सबैभन्दा निरंकुशकालमा सङ्घर्ष गरेर, जेलनेल खपेर अनेक गरेर जनताले राजतन्त्र फ्याँकेका छन् । २०६५ साल फेरि आउँछ र ? त्यो सम्भव छैन । २०६५ साल फर्कन्न ।´

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप