सिरहामा लागु औषधसहित एक पुरुष पक्राउ
बिहीबार, २१ मङ्सिर २०८०, २१ : १८

काठमाडौँ । सिरहामा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा धनुषा र प्रहरी चौकी लाहानबाट खटिएको प्रहरीको संयुक्त टोलीले सिरहाको बरियापट्टी गाउँपालिका १ का ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहीबार खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यादवलाई लहानको मखन होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको साथबाट प्लाष्टिकसहित ५१ ग्राम ९०० मिलिग्राम र प्लाष्टिक बाहेक ४९ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै यादवको साथबाट स ७ प ५९७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद लागुऔषध, मोटरसाइकल र यादवमाथि इलाका प्रहरी कार्यालउ लहानबाट थप अनुसन्धान भैरहेको जिप्रका सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान