सिरहामा लागु औषधसहित एक पुरुष पक्राउ
बिहीबार, २१ मङ्सिर २०८०, २१ : १८
काठमाडौँ । सिरहामा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा धनुषा र प्रहरी चौकी लाहानबाट खटिएको प्रहरीको संयुक्त टोलीले सिरहाको बरियापट्टी गाउँपालिका १ का ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहीबार खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यादवलाई लहानको मखन होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको साथबाट प्लाष्टिकसहित ५१ ग्राम ९०० मिलिग्राम र प्लाष्टिक बाहेक ४९ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै यादवको साथबाट स ७ प ५९७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद लागुऔषध, मोटरसाइकल र यादवमाथि इलाका प्रहरी कार्यालउ लहानबाट थप अनुसन्धान भैरहेको जिप्रका सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण