त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद
काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई जानकारी दिए ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।
सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।
चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण