त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई जानकारी दिए ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।
सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।
चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित