शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबिच प्रतिस्पर्धा

शुक्रबार, २२ मङ्सिर २०८०, ०७ : ०८
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको थियो । दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन् । 

बराबरीसँगै बुटवलले चार खेलबाट चार अङ्क जोड्दा समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप