‘गाउँ आएको बाटो’ जेठमा रिलिज हुने
शुक्रबार, २२ मङ्सिर २०८०, ११ : ५७
काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट प्रदर्शन मिति जेठ १८ मा तय भएको जनाएको छ ।
फिल्म नवीन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङको अलावा प्रशन राई र पशुपति राईको अभिनय छ । अमोद राई र नवीन सुब्बाको निर्माणमा तयार भएको फिल्ममा महेश राई र नवीन सुब्बाको पटकथा छ ।
बाबु र छोराको सम्बन्धमा आउने उतारचढावको कथामा बनेको हो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत सहभागी भएको यो फिल्म मेन्क्षायम पिक्चर्स र बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण