बैठक ठिक समयमा कसरी सञ्चालन गर्ने ? कार्यनीति बनाऊँ : हितराज पाण्डे
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ३४
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ठिक समयमा सञ्चालन गर्न कार्यनीति बनाउनु पर्ने बताए। उनले कोरम पुग्ने गरी बैठक गर्दा मात्र निचोडमा पुग्न सकिने बताए। एनसेलको विषयमा कुन समितिले छलफल चलाउने भन्नेमा दुविधा भएको भन्दै यकिन भएर मात्र समितिले छलफल गर्नुपर्ने पाण्डेको भनाइ छ।
सेनाको जन्म मितिको विषयमा सुरुमै यकिन भएर जानुपर्नेमा बढुवाको विषयमा मात्र चर्चा हुनु राम्रो नभएको उनले बताए। उनले प्रश्न उठेपछि छानबिन हुनुपर्ने बताए।
टिआरसी लगायतका विधेयकमा समितिले छलफल गरेर निर्णयमा पुग्नुपर्ने धारणा पाण्डेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण