अपराध
एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ४२
काठमाडौँ । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन बरामद गरेको हो ।
गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ ।
बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
-
फाइनलमा देखाएको अभद्र व्यवहारपछि युभेन्टसद्वारा म्यानेजर बर्खास्त
-
भारत : बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते