अपराध
एयरपोर्टपछि नागढुंगाबाट पनि २ किलो सुनसहित तीन जना पक्राउ
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ४२
काठमाडौँ । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षका ग्याल्सेङ तामाङ, २६ वर्षका विरु तामाङ र २१ वर्षका सुनिल भुजेल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुन बरामद गरेको हो ।
गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ ।
बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण