मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले भने– सरकारको काम छैन, एमालेको मात्रै विरोध गरेर बसेको छ

शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ४५
शुक्रबार, २२ मङ्सिर २०८०

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेको मात्रै विरोध गरेर बसेको आरोप लगाएका छन् । सबै शक्ति लगाएर गठबन्धन मार्फत सरकार गठन भएपनि एमालेको विरोध गर्ने बाहेक अरु काम नभएको उनको आरोप छ ।

 ‘भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्,’ उनले भने, ‘उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर  निहुर्याउछन् ।’ एमाले मात्रै देश बनाउने शक्ति भएको उनको दाबी छ ।

देशको ओरालो गतिलाई सुधार्न एमालेले बहुमतको सरकार चलाउनुपर्ने उनको तर्क छ । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत पोखराको तालचोकमा सम्बोधन गर्दै उनले अहिलेको अवस्थामा सुधार ल्याउन एमालेको एकल बहुमत आवश्यक परेको बताए । ‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि हो । देशको सम्पूर्ण क्षेत्रको अहिलेको अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि हो,’ उनले भने, ‘त्यसका लागि एमालेको एकल बहुमत आवश्यक छ । एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ ।’ एमालेलाई बहुमत दिलाउन सबै जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने उनको भनाई छ ।

अहिलेको सरकारबाट देश निर्माण नहुने उनले बताए । ओलीले शुक्रबार पोखरा ७ को पुष्पलाल पार्कमा पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए । उनको टोलीले जिरो किमी, पृथ्वीचोक, अमरसिंहचोक, विजयपुर लगायत ठाउँमा भेटघाट गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप