मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

देश बनाउने काम एमाले बाहेक अरुले सक्दैनन् : ओली

शुक्रबार, २२ मङ्सिर २०८०, १८ : २९
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताएका छन् । 

शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गरे । उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने दाबी गरे  ।

अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्प लगायतका समस्याको सफलतापूर्वक सामना गरेको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप