संघीय सरकारले नै संघीयता कमजोर पार्ने काम गरिरहेको छ : मुख्यमन्त्री यादव
बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारले नै संघीयता कमजोर पार्ने काम गरिरहेको आरोप लगाएका छन् । शुक्रवार बारागढी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री मन्त्री यादवले संघीय सरकारले नियोजित ढंगले प्रदेश सरकारलाई कमजोर बनाएको आरोप लगाएका हुन् ।
प्रदेशको अधिकार संघ सरकारले नै च्यापेर राखेको हुँदा कामकाज गर्न निकै अप्ठ्यारो हुने गरेको मुख्यमन्त्री यादवको गुनासो छ । प्रहरी प्रशासन र कर्मचारीहरू अहिले पनि संघ मार्फत नै सञ्चालन गर्ने गरिएको भन्दै त्यसले गर्दा प्रदेशका कामकाजमा समस्या भएको उनले बताए ।
मुख्यमन्त्री यादवले यसैले गर्दा विकास र जनताको कामकाज प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताए । यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक पटक भन्दा पनि कर्मचारी समायोजन नगरेको गुनासो गरे ।
उनले संघीयताको रक्षा गर्न सबै राजनीतिक दलहरूको सहमतिमा सदनमा सङ्कल्प प्रस्ताव पारित गरिएको जानकारी समेत दिए ।
मंसिर २३ गते बालुवाटारमा प्रधानमन्त्रीसँग निर्णायक वार्ता हुने जनाउँदै मुख्यमन्त्री यादवले सन्तोषजनक रूपमा प्रधानमन्त्रीको कुरा नआए सिंह दरबारमा नै धर्ना बसी आन्दोलनको घोषणा गर्ने चेतावनी दिए ।
उनले स्वास्थ्य क्षेत्रमा सबै प्रदेशहरूमध्ये मधेश प्रदेशले उत्कृष्ट काम गरेको दाबी गर्र्दै स्वास्थ्य क्षेत्रलाई अझै थप प्रभावकारी बनाउन एकहप्ता भित्र नै ४५० जना रिक्त दरबन्दीमा आवेदन खुल्ला गर्ने जानकारी दिए ।
बाराको सिम्रौनगढमा भेटेनरी र आदर्श कोतवाल गाउँपालिकामा इन्जिनियरिङ कलेज निर्माण गर्नका लागि सम्बन्धित पालिकालाई प्रदेश सरकारबाट पत्र आइसकेकोले जग्गा उपलब्ध हुनासाथ काम अगाडि बढ्ने मुख्यमन्त्रीको भनाई छ ।
सो कार्यक्रममा संघीय सांसद अच्युत मैनालीले विकासको काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न आग्रह गरे । उनले समाजमा देखिएको बेतिथिलाई चिर्दै जातीय भेदभाव र महिला हिंसा रोक्नुपर्ने धारणा व्यक्त गरे । उद्घाटन गरिएको बारागढी गाउँपालिकाको प्रशासनिक भवन संघ र स्थानीय सरकारको ५ करोड ११ लाख ८३ हजार लागतमा दिवा÷ महावीर÷ भूपेन्द्र जेबी कम्पनीले भवन निमार्ण गरेको हो ।
२०७८ जेठ २१ गते ठेक्का भई २०८० साल असार ३१ गते सम्पन्न गर्ने सहमति भए पनि करिब ५ महिना ढिलो गरी प्रशासनिक भवन निर्माण सम्पन्न भएको बारागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले जनाए ।
करिब २ बिगाहामा क्षेत्रफलमा फैलिएका ३ तल्ले सो भवनमा ३२ वटा कोठा, सभा हल, चमेना गृह, सुरक्षा गार्ड बस्ने कोठा र पार्किङ समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण