नेपाल सुपर लिगमा आज दुई खेल, धनगढीले इलामको र लुम्बिनीले काठमाडौँको सामना गर्ने
शनिबार, २३ मङ्सिर २०८०, ०६ : २१
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । पहिलो खेल दिउँसो १ बजे धनगढी एफसी र स्पोर्टिङ मेची डे इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी दोस्रो खेल काठमाडौँ रेन्जर्स र बुटवल लुम्बिनी आमनेसामने हुनेछन् । दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले जित हात पार्न नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीसँगै वीरगञ्जको ४ खेलमा २ अङ्क भएको छ भने समान खेल खेलको झापाको भने ३ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण