करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
रौतहट । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।
लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए । घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए । ‘घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ’ उनले भने ।
अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव पोस्टमार्टमका ल लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको इन्स्पेक्टर शर्माले जानकारी दिए। घटनास्थल रौतहटको सदरमुकाम गौरभन्दा करिब २० किलोमिटर पश्चिम पर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण