नेपालबाट ३ अर्ब ७१ करोडको कार्पेट निर्यात
काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको कार्पेट निर्यात भएको हो ।
नेपालबाट यस अवधिमा १ लाख ४६ हजार स्क्वायार मिटर कार्पेट निर्यात भएको छ । नेपालबाट विश्वका ६५ भन्दा धेरै देशमा कार्पेट निर्यात हुने गरेको छ । जसमध्ये अमेरिकामा मात्रै २ अर्ब २० करोड ६७ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।
भारतमा १४ करोडको निर्यात हुँदा बेलायतमा २१ करोडको निर्यात भएको छ । स्वीजरल्याण्डमा ७ करोड र टर्कीमा ६ करोडको निर्यात भएको छ भने रसियामा ५ करोडको निर्यात भएको छ । यस्तै, कतारमा १ करोडको निर्यात भएको विभागले जनाएको छ ।
यसबाहेक, सिंगापुर, न्यूजिल्याण्ड, मलेसिया, पानामा, साउदी अरेबिया, साउथ अफ्रिका, स्वीडेन, थाइल्याण्ड लगायतका देशमा समेत निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण