नेपालबाट ३ अर्ब ७१ करोडको कार्पेट निर्यात

काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको कार्पेट निर्यात भएको हो ।
नेपालबाट यस अवधिमा १ लाख ४६ हजार स्क्वायार मिटर कार्पेट निर्यात भएको छ । नेपालबाट विश्वका ६५ भन्दा धेरै देशमा कार्पेट निर्यात हुने गरेको छ । जसमध्ये अमेरिकामा मात्रै २ अर्ब २० करोड ६७ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।
भारतमा १४ करोडको निर्यात हुँदा बेलायतमा २१ करोडको निर्यात भएको छ । स्वीजरल्याण्डमा ७ करोड र टर्कीमा ६ करोडको निर्यात भएको छ भने रसियामा ५ करोडको निर्यात भएको छ । यस्तै, कतारमा १ करोडको निर्यात भएको विभागले जनाएको छ ।
यसबाहेक, सिंगापुर, न्यूजिल्याण्ड, मलेसिया, पानामा, साउदी अरेबिया, साउथ अफ्रिका, स्वीडेन, थाइल्याण्ड लगायतका देशमा समेत निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ