सावित्रालाई काठमाडौँ युरोको सम्मान
काठमाडौँ । काठमाडौँ युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै नेपालको गौरव बढाएकोमा काठमाडौँ युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो ।
काठमाडौँ युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबिच सम्मान गरे । ‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यावसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
सोही अवसरमा सावित्राले काठमाडौँ युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरेकी थिइन् । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौँ युरो स्कुलले विगतमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औँ सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिम्सिनालगायतलाई सम्मान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण