जलवायु परिवर्तनको जोखिम नेपालजस्ता देशहरूले भोग्नु विडम्बना : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले विश्वव्यापी जलवायु परितवर्तनको प्रभावले मानव अधिकारका सबै आयमलाई जोखिममा पारेको बताएका छन् । आइतबार ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा सम्बोधन गर्दै उनले यसका असरसँग जुध्न सरकार गम्भीर रहेको जिकिर गरे । जलवायु परिवर्तनलाई बढवा दिने काम विकसित राष्ट्रहरूले गरेको तर त्यसको प्रभाव नेपाल जस्ता देशहरूले भोग्नु परेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरे ।
‘विश्वव्यापी उष्णताका कारण जलवायु परिवर्तनका असर देखापर्न थालेका छन् । हाम्रा हिमालहरू पग्लिन थालेका छन् । जलवायु परिवर्तनलाई बढवा दिने गतिविधि अन्य राष्ट्रहरूले गर्ने तर त्यसको प्रभावको जोखिम नेपालजस्ता देशहरूले भोग्नुपर्ने विडम्बना देखिएको छ’, प्रचण्डले भने, ‘यसका असरसँग जुध्ने र अनुकुलनका लागि वातावरण सिर्जना गरी मानवअधिकारको रक्षाका लागि नेपाल सरकार निकै संवेदनशील रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण