महिलामा यी कारणले हुन सक्छ ढाड दुखाइको समस्या
काठमाडौँ । के तपाईँको उमेर ४० वर्ष आसपास छ ? अनि लगातार ढाडमा पीडाका कारण जीवन मुस्किल भइरहेको छ ? अधिकांश महिलाहरूमा ४० वर्ष आसपास ढाडको दुखाई सुरु हुन थाल्छ । यसको पछाडि कयौँ कारण हुन सक्छ । केही चाहिँ मुख्य रूपले महिलामा पाइने रोगसँग जोडिएको छ ।
केहीमा उमेर र लिङ्ग दुबै कारणले दुखाइको कारण हुन सक्छ । आजको यस लेखमा हामीहरु ४० वर्षको उमेरमा महिलाहरूले ब्याक पेनको समस्या किन सामना गर्छन् अनि यसलाई कसरी ठिक गर्न सकिन्छ भनेर कुराकानी गर्नेछौँ । पुरुषको तुलनामा महिलाहरूमा ढाड दुख्ने समस्या धेरै देखिन्छ । जसको कारण यी हुन सक्छः
कसै कसैमा महिनावारी हुनु अघि ढाड दुख्न थाल्छ.
ढिलो गर्भधारण,
मोटोपना,
मेनोपज,
खराब जीवनशैली,
एन्डोमेट्रियोसिस,
प्री मेन्ष्ट्रुअल डिस्फोरिक डिस्अर्डर,
अस्टियोपोरोसिस,
मसल्स स्ट्रेन, साइटिका, हर्निएटेड डिस्क, डीजेनेरेटिभ डिस्कल गर्दा पनि कसै कसैमा ढाड दुख्ने समस्या देखिन सक्छ ।
दुखाइबाट कसरी पाउने राहत ?
तपाईँले पनि ढाड दुख्ने समस्या भोगिरहनु भएको छ भने केही तरिका अपनाएर यसबाट राहत पाउन सक्नु हुनेछ ।
नियमित व्यायाम:
ढाड दुखाई कम गर्न नियमित व्यायाम निकै जरुरी छ । तपाईँले एरोबिक ट्रेनिङ, स्ट्रेन्थ एक्सरसाइज, फ्लेक्जिबिलिटी ब्यालेन्स जस्ता व्यायाम गर्नुस् । अनुसन्धानका अनुसार हप्तामा कम्तिमा पनि ३ देखि ५ पटक व्यायाम गर्ने महिलामा ढाड दुख्ने खतरा कम हुन्छ ।
तातो पानीले नुहाउने:
नुहाउने बेलामा तातो पानीको प्रयोग गर्दा शरीरमा रक्त सञ्चार ठिक रहन्छ । अनि मांसपेशीमा हुने पीडा र टाइटनेश पनि कम हुन्छ ।
तौल घटाउनुस्:
कसै कसैमा तौल बढेर पनि ढाड दुख्ने समस्या देखिने गरेको छ । तपाईँलाई ढाड दुख्ने समस्या छ र तौल धेरै छ भने यसलाई कम गर्ने कोसिस गर्नुस् ।
बसाइको अवस्थितिः
उठ्दा बस्दाको तरिका नमिलेर पनि ढाड दुख्ने समस्या देखिन सक्छ । तपाई घण्टौँ कुर्सीमा बसेर काम गर्नुहुन्छ भने बस्ने तरिकामा विशेष ध्यान दिनु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण