आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन : २ दिनभित्रै परीक्षा र नतिजा

काठमाडौँ महानगरपालिका स्रोत शिक्षक व्यवस्थापन कार्यविधि २०८० बमोजिम परीक्षा र नतिजा
आइतबार, २४ मङ्सिर २०८०, २३ : २१
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते (हिजो) सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो । 

प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतिकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो । 

महानगरपालिकाले गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २÷२ पदका लागि गएको कार्तिक १७ गते विज्ञापन गरेको थियो । 

माग गरिएका पदमा हिजो लिइएको लिखित परीक्षामा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक बिषयमा ८ जना आवेदक सहभागी भएका थिए । परीक्षा लिएकै दिन प्रकाशन भएको नतिजामा गणित विषयका लागि ५ जना, नेपाली विषयका लागि १ जना, अंग्रेजी, विज्ञान र सामाजिक विषयका लागि ४÷४ जना आवेदक छनोट गरिएको थियो । उहाँहरुलाई बोलाएर आज अन्तरवार्ता लिइएको थियो ।  

शिफारिस योग्यता क्रम 
विषय : गणित
१)    सुशिल खनाल        रोल नं. ०८०००८
२)    रश्मी तामाङ्        रोल नं. ०८०००९
३)    कमलप्रसाद भट्ट     रोल नं. ०८०००२
बैकल्पिक योग्यता क्रम

१) अनुपमा शर्मा         रोल नं. ०८००१०

विषय : नेपाली 
१) खगराज जोशी        रोल नंं ०८०००७

विषय : अंग्रेजी
१) नवराज ढकाल        रोल नं. ०८००१६
२) दिनेश के. सी.        रोल नं. ०८००३६
वैकल्पिक योग्यता क्रम
१) अञ्जु लामा   रोल नं. ०८००१८

विषय :  सामाजिक
१)    रमेशकुमार दर्जी        रोल नं. ०८००३३
२)    नारायणप्रसाद नेपाल    रोल नं. ०८००३७
वैकल्पिक योग्यता क्रम
१)    रामकृष्ण अधिकारी        रोल नं. ०८७००३४

विषय  : विज्ञान
१)    योग्यराज प्रसाईँ        रोल नं. ०८००२०
२)    कपिलजंग पाण्डे        रोल नंं ०८०००४
बैकल्पिक योग्यता क्रम
१)    सरोज काफ्ले         रोल नं. ०८००२८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप