आज पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिने
काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान सर्वसाधारणका लागि पशुपति मन्दिरको पश्चिम ढोकाअघि प्रदर्शन गरिने भएको छ ।
आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मन्दिरको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई वर्षभर सुरक्षित राखिएको छ भनेर सर्वसाधारणलाई देखाउने गरिन्छ ।
आज पशुपतिनाथको पश्चिम ढोकाअघि देखाइने उक्त सामग्रीलाई आइतबार सर्वसाधारणका लागि भनी प्रदर्शन गरिएको थियो । मङ्गलबार अब एक वर्ष सम्म यी वस्तु सुरक्षितसाथ राखिनेछ भनी भण्डारको तेस्रो तलामा राख्ने तय भएकाले मन्दिरमा आउने सबैलाई आज अन्तिम पटक दर्शन गर्न देखाउने परम्परा रहेको छ ।
बहुमूल्य नागमणि,एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई कोषका अधिकारी, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधिको निगरानी र रोहवरमा प्रत्येक महिना मन्दिरमा भण्डारी परिवर्तन हुँदा बुझाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण