आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहलाई अनुबन्धित गर्दै ‘मायाका रंगहरु’ निर्माण घोषणा

मङ्गलबार, २६ मङ्सिर २०८०, १० : ५४
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । फिल्म ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) निर्माण घोषणा भएको छ । केवल तामाङको निर्माण तथा निर्देशन रहने फिल्म प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।

निर्माण घोषणासँगै फिल्मका लागि अभिनेता पल शाह अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाको लागि पल अनुबन्धित भएका हुन् । इन्डो–नेपाली फिल्म बताइएको यो फिल्मको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौँमा गरिने छ ।

भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने फिल्ममा सौरभ लामाको छायांकन, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । 

सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उद्देश्यले निर्माण गरिने यो फिल्मको ६० प्रतिशत कलाकार भारत र ४० प्रतिशत नेपालबाट लिने तयारी रहेको निर्देशक तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप