पल शाहलाई अनुबन्धित गर्दै ‘मायाका रंगहरु’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘मायाका रंगहरु’ (कलर्स अफ लभ) निर्माण घोषणा भएको छ । केवल तामाङको निर्माण तथा निर्देशन रहने फिल्म प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।
निर्माण घोषणासँगै फिल्मका लागि अभिनेता पल शाह अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाको लागि पल अनुबन्धित भएका हुन् । इन्डो–नेपाली फिल्म बताइएको यो फिल्मको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौँमा गरिने छ ।
भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने फिल्ममा सौरभ लामाको छायांकन, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उद्देश्यले निर्माण गरिने यो फिल्मको ६० प्रतिशत कलाकार भारत र ४० प्रतिशत नेपालबाट लिने तयारी रहेको निर्देशक तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण