बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा निर्माण सामग्री बोकेका गाडी महानगरको नियन्त्रणमा

मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : ५५
मङ्गलबार, २६ मङ्सिर २०८०

पोखरा । पोखरा महानगरपालिकाले निर्माण सामग्री बोकेका गाडी नियन्त्रणमा लिएको छ । क्रसर उद्योग र खोला तथा नदीबाट नदीजन्य सामाग्री लिएर आएका गाडीलाई महानगरले नियन्त्रणमा लिएको हो । 

कास्कीका विभिन्न ठाउँमा प्राकृतिक नदीजन्य पदार्थ उत्खनन गरी फर्जी बिल बनाएर निकासी गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुले अवैध निकासी गरेको प्रहरीको भनाइ छ । नदीजन्य पदार्थ बोकेका ट्रक, टिप्पर, ट्याक्टरलाई  नियन्त्रणमा लिएर महानगर पठाएको प्रहरीले बताएको छ । 

यसैबिच गाडीवालाले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरुले गाडी नछाडे महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप