वीरगन्ज महानगरपालिकाका प्रमुख र उपप्रमुखबिच भनाभन
पर्सा । वीरगन्ज महानगरका नगरप्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमबिच कोठा सार्ने विषयलाई लिएर भनाभनको स्थिति सिर्जना भएको छ ।
महानगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पुरानो भवनको भुइतलाएकै साइडमा रहेको छ । हाल प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नयाँ भवनमा सारेर सो कोठालाई सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको रूपमा प्रयोग गर्ने तयारी भएपछि उपप्रमुख आलमले सो कोठामा पञ्जीकरण शाखा राख्न नदिने जनाएपछि प्रमुख र उपप्रमुखबिच चर्काचर्कीको अवस्था सिर्जना भएको हो ।
वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले पञ्जीकरण शाखा उपप्रमुखको कार्यकक्ष छेउमै सार्न खोजेपछि सोही विषयलाई लिएर भनाभनको अवस्था सिर्जना भएको बताए ।
‘हल्ला गरेजस्तो ठुलो विवादको विषयवस्तु होइन, पहिलाको पञ्जीकरण शाखा साँघुरो भएकाले प्रशासकीय प्रमुखको कार्यकक्ष अन्यत्र सारेर सो कोठामा पञ्जीकरण शाखा राख्ने भन्ने कुरामा विवाद भएको हो,’ भट्टराईले भने ‘यो विषयमा के गर्ने भन्न पर्सी २८ गते कार्यपालिका बैठक डाकिएको छ ।’
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले समेत विवाद सामान्य भए पनि झडपको अवस्था सिर्जना नहोस् भन्नका लागि प्रहरी परिचालन गरेको बताए । ‘कोठा सार्ने विषयमा उहाँहरूको विवाद हो, तैपनि झडपको अवस्था आइहाल्ला कि भनेर हामीले प्रहरी पठाएका हौँ’ पर्साका प्रजिअ रेग्मीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण