समाजवादी विद्यार्थी युनियनको प्रशिक्षण सकियो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको बालकुमारीमा मंगलबार पार्टीका अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठले विद्यार्थी संगठनका अगुवा नेताहरुलाई प्रशिक्षण दिए ।
अध्यक्ष यादवले नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी नेतृ सुशीला श्रेष्ठले राजनीतिमा लैङ्गिक सशक्तीकरणमा युवा विद्यार्थीको भूमिका विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा पचास जना विद्यार्थी नेताहरु सहभागी रहेको संगठनका अध्यक्ष रमेश यादवले जानकारी दिए ।
कार्यक्रममा युवा, विद्यार्थी खेलकुद संयुक्त संयन्त्रका प्रमुख रमेशबाबु श्रेष्ठ, विद्यार्थी संगठनका पूर्वइन्चार्ज अशोक यादवलगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण