शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी युनियनको प्रशिक्षण सकियो

मङ्गलबार, २६ मङ्सिर २०८०, २० : १२
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको बालकुमारीमा मंगलबार पार्टीका अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठले विद्यार्थी संगठनका अगुवा नेताहरुलाई प्रशिक्षण दिए ।

अध्यक्ष यादवले नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी नेतृ सुशीला श्रेष्ठले राजनीतिमा लैङ्गिक सशक्तीकरणमा युवा विद्यार्थीको भूमिका विषयमा प्रशिक्षण दिए ।

कार्यक्रममा पचास जना विद्यार्थी नेताहरु सहभागी रहेको संगठनका अध्यक्ष रमेश यादवले जानकारी दिए ।

कार्यक्रममा युवा, विद्यार्थी खेलकुद संयुक्त संयन्त्रका प्रमुख रमेशबाबु श्रेष्ठ, विद्यार्थी संगठनका पूर्वइन्चार्ज अशोक यादवलगायत सहभागी रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप