शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको मगरात राष्ट्रिय समिति पुनर्गठन

मङ्गलबार, २६ मङ्सिर २०८०, २० : ३०
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मगरात राष्ट्रिय समिति (गण्डकी प्रदेश) पुनर्गठन भएको छ ।

 मंगलबार आयोजित कार्यक्रमबाट धनबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा जुमबहादुर गुरुङ, गंगा घर्ती मगर, रेशम गुरुङ्ग र मुख्यसचिवमा देवीसरा पुलामी चयन भएका छन् ।

जसपाले यस अघि मगरात राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) समिति गठन गरेको थियो । दुबै प्रदेश अन्तर्गतका राष्ट्रिय समिति पुनर्गठनपश्चात मगरात राष्ट्रिय समन्वय समिति गठन गरिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप