भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध
भक्तपुर । भक्तपुर नगरपालिका र छिमेकी राष्ट्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
लशान नगरपालिका उपप्रमुख लेइ चियनसिन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज समझदारीपत्रमा हस्ताक्षर गरेक हुन् । समझदारीअनुसार दुवै नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायत क्षेत्रमा सहयोग आदानप्रदान हुनेछ ।
लशान नगरपालिकाका उपप्रमुखले दुई नगरबीचको सहकार्यबाट आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
त्यसअघि चिनियाँ टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय क्षेत्र, ख्वप कलेज, ख्वप अस्पताल र ख्वप कलेज अफ इन्जिनियरिङको भ्रमण गरेकोे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण