नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा
मङ्गलबार, २६ मङ्सिर २०८०, २२ : ३१
कास्की । नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विश्वकर्माका अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्ने, फर्जी विल बनाएका ट्रक, टिपर, ट्रयाक्टरलगायत सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगर नगर कार्यपालिकाको जिम्मा लागाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण